रवि लामिछाने राजनीतिमा उदाएको धेरै भएको छैन । झण्डै ६ महिनामै रवि सत्तामा पुगे, ३२ दिन गृहमन्त्रालयको नेतृत्व सम्हालेर बाहिरिनुपनि प¥यो । तर, रवि मोह अझै घटेको छैन । रवि राजनीतिमा चतुर बनिसकेका छन् । पुस १० मा कांग्रेसलाई सत्ताबाहिर पठाउने गरि भएको जोडघटाउ गर्न बालकोट पनि पुगे । गृहमन्त्रालय सहित सरकारमा सहभागि रवि नागरिकता विवादपछि गृहमन्त्री पद गुम्यो । ४२ दिनमै माघ २२ मा रास्वपाका मन्त्रीहरुले राजिनामा दिए ।
तर, सरकारलाई दिएको समर्थन कायमै राखे । एमाले, राप्रपाले मन्त्रीहरु फिर्ता बोलाए, सरकारलाई दिएको सर्मथन फिर्ता लिए । तर, रविले हतार गरेनन् । परिस्थिति नियालिरहे । राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम आवरमा निर्णय ग¥यो । कांग्रेस उम्मेदवारलाई मत दिए । प्रवक्ता डा. मुकुल ढकालले रामचन्द्र पौडेललाई मत दिने पार्टीको निर्णय नभएर सांसदहरूको रोजाइ भएको भन्दै बचाउ गरे । जे भएपनि सत्तागठबन्धनको पक्षले उठाएको उम्मेदवारलाई रास्वपाले सघायो । राष्ट्रपति निर्वाचन सकियो । उपराष्ट्रपति निर्वाचन यही ३ गते हुदैछ । रास्वपाले फेरी चलाखी देखाउने पक्का छ । सत्तागठबन्धनबाट २ जना मैदानमा छन् । प्रतिपक्ष दलबाट १ जना मैदानमा छन् ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहाय प्रसाद यादव, जनमत पार्टीकी ममता झा चुनावी मैदानमा छन् । प्रतिपक्षबाट एमालेका अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । परिवर्तनबाहक ठानिएको रास्वपा उपराष्ट्रपति चुनावमा एमालेसँग निकट बन्न खोजिरहेको छ । गृहमन्त्री पद गुमेपछि फेरी त्यही मन्त्रालय पुग्नुपर्ने अडानमा केपी ओलीले गुन लगाउन खोजेका थिए । तर, सकेनन् । राजनीतिक खेलनै बदलियो । रवि फेरी गृहमन्त्री हुन पाएनन् । सरकारलाई समर्थन कायमै राखेको रास्वपाले विपक्षी उम्मेदवारलाई सघाएर दुबै पक्षलाई खुशी बनाउने अस्त्र फाल्न लागेको छ । हुन त, रास्वपा फेरी सरकारमा जान तयार छ ।
तर, पार्टी सभापति रवि सरकारमा जाने कुनै छलफल, तयारीनै नभएको भनेर चितवनमै बोलेका थिए । चौथो दल रास्वपाले आँफुलाई सत्तारुढ पनि ठान्दैन, प्रतिपक्ष पनि ठान्दैन । सरकारमै भएका बेला पनि प्रतिपक्षीको भूमिका निर्वाह गछौैँ भन्न छाडेका थिएनन् । १९ सिट रहेको रास्वपा पनि सत्ता, पदकै लागि अनेक खेल्छ भनेर जनताले पत्याएका थिएनन्, र छैनन् पनि । तर, राजनीतिमा अनुमान भन्दा बाहिरका नतिजाहरु आइलाग्छन् । पुरानो पुस्तालाई विदाई गर्नुपर्छ भनेर नो नट अगेन अभियानलाई बढवा दिएपनि अन्ततः पुरानै पुस्ताको नेतृत्वमा बनेको सरकारमा गएपछि रविको कद केही घटेको थियो ।
रविलाई एउटा सकस छ– सत्तामा जाउँ, जनतालाई के जवाफ दिने ? नजाउँ– जनताका काम गरेर आगामी निर्वाचनमा पहिलो शक्ति कसरी बन्ने ? रविनै अलमलमा छन् । उपराष्ट्रपति निर्वाचन पनि रास्वपाका लागि एउटा परीक्षा बनेको छ । चिट चोर्ने या आफ्नै विवेकले अगाडी बढ्ने ? चैत ६ गते प्रचण्डले फेरी विश्वासको मत लिदैछन् । रविले के गर्छन् ? मन्त्रालयहरु पाउने आशमा लाग्छन् या सरकार हाम्रो प्राथमिकता होइन भनेर दृढ भएर प्रतिपक्षीको भूमिका खेल्नतर्फ लाग्लान् ? त्यो हेर्न बाँकी छ ।