चितवन —
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनको बन्द सत्रले जेन जि पुस्ताका ऊर्जावान, अनुशासित र विचारशील युवा नेता इ. सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ ।वरिष्ठ उपाध्यक्षमा चोक ब.गुरुङ, उपाध्यक्षमा सचिन भट्ट, देवराज अधिकारी, सविन गुरुङ सचिवमा सिद्दान्त मगर, सह–सचिव अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, बिकसित शर्मा, सुरज परियार, कोषाध्यक्षमा उपास्ना भण्डारी निर्विरोध चयन भएका छन् ।

पछिल्ला १५ वर्षदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका कार्कीले संगठन, विचार र नेतृत्वको सशक्त संयोजनमार्फत विद्यार्थी राजनीतिमा नयाँ सोच र दिशाको स्थापना गर्न सफल भएका छन् ।अखिल (क्रान्तिकारी) मा आफ्नो राजनीतिक यात्राको क्रममा उनले एनपिआइ समिति संयोजक, जिल्ला प्राविधिक समिति इञ्चार्ज र जिल्ला समिति सचिवका रूपमा संगठन सुदृढीकरण, कार्यकर्ता अनुशासन र विचारगत स्पष्टताको अभियान अघि सारेका थिए ।शैक्षिक रूपमा पनि अग्रणी रहेका कार्कीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा व्यवस्थापन (एमबीए)मा स्नातकोत्तर पूरा गरेका छन् ।अध्ययन र नेतृत्वको संयोजनमार्फत उनले युवा पुस्ताको प्रतिनिधित्व, आधुनिक सोच र क्रान्तिकारी चेतनाको पुल निर्माण गर्दै आएका छन् ।

जेन जि पुस्ताको ऊर्जा, नवीन दृष्टि र परिवर्तनप्रतिको दृढताले भरिपूर्ण कार्कीको नेतृत्वमा अब अखिल (क्रान्तिकारी) चितवनले संगठन सुदृढीकरण, नीति निर्माण र विद्यार्थी अधिकारका आन्दोलनलाई नयाँ उचाइमा पु-याउने विश्वास गरिएको छ।अध्यक्ष अब्दुल भन्छन्, “हाम्रो पुस्ता नयाँ विचार र नयाँ ऊर्जा बोकेर आएको हो — अब संगठनलाई नयाँ उचाइमा पु-याउने जिम्मेवारी हाम्रो हो ।”
Advertisement