एमाले सचिव छविलाल विश्वकर्मा र समाजवादि पार्टि का महासचिव घनश्याम भुषाल विरुद्ध चुनाव लडेर चर्चामा आएका एम डि न्यौपाने ले रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने संकेत दिएका छन्।
Advertisement
केहि दिन अगाडि रुपन्देहि आई बिभिन्न सामाजिक व्यत्तित्व तथा राजनीक दलका नेतृत्वहरु सगं गोप्य रुपमा भेटघाट गरि प्रतिपक्ष मा रहेका सम्पुर्ण दलको समर्थन मा रास्वपा को चुनाव चिन्ह वाट चुनाव लड्ने तयारि रहेको उहा को निकट स्रोत वाट जानकारि प्राप्त भएको छ।
उनले सीधै उम्मेदवारी घोषणा नगरे पनि भित्रि तयारि भने रहेको बताईएको छ।
निकटतम स्रोतले रुपन्देही-३ को चुनावलाई केवल एउटा क्षेत्रको चुनाव नभई सिंगो देशको आवाज बोल्ने अवसरको रूपमा लिन मतदातालाई आह्वान गरेका छन्।