चितवन — अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिको पहिलो जिल्ला पदाधिकारी बैठक शुशिल कार्कि अब्दुलको अध्यक्षतामा प्रमुख अतिथि इस्वर सापकोटाको प्रमुख आथित्यतामा एनपीआई ओरालोमा सम्पन्न भएको छ।बैठकले हालै २३ गते राज्य संयन्त्रबाट जेन जि आन्दोलनमाथि भएको निर्मम दमनप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यस घटनाको निष्पक्ष छानबिन र दोषीहरूमाथि कानूनी कारबाहीको माग गरेको छ।बैठकले आन्दोलनका क्रममा सहिद भएका र घाइते युवाहरूलाई राज्यले सम्मानसहित न्यायको प्रत्याभूति गर्नुपर्ने माग पनि अघि सारेको छ।
साथै, २४ गते भएको घुसपैठ र षड्यन्त्रपूर्ण गतिविधिहरूको सत्यतथ्य छानबिन गर्न सरकारसँग जोडदार आग्रह गरिएको छ।जेन जि पुस्ताका जायज मागहरूको सम्बोधनका लागि अखिल (क्रान्तिकारी) चितवनले जिल्ला व्यापी हस्ताक्षर अभियान सुरु गर्ने र प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको बैठकले जानकारी दिएको छ।
अखिल (क्रान्तिकारी) चितवनका पदाधिकारीहरूले भनेका छन् —“जेन जि पुस्ताको आवाज देशको भविष्य हो। त्यस आवाजलाई थिच्ने जो कोही पनि लोकतान्त्रिक मूल्यका विरोधी हुन्।”बैठकले आन्दोलनलाई संगठित, अनुशासित र विचारवान् रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।