भरतपुर । नारायणी नदी किनारमा चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । ४ सय ५० स्टल रहने महोत्सव स्थलमा धमाधम स्टल, मञ्च निर्माणको काम भैरहेको छ । उद्योग वाािण्ज्य संघ चितवनको आयोजनामा यहि पुस २५ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुदैछ ।
पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुग्ने बताए । उनका अनुसार महोत्सवमा ७ वटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेण्ट लगायतका परिसरहरु हुनेछन् । उनले यसपाली तोरी र मौरी प्रवद्र्धन गर्ने गतिविधि सञ्चालन हुने बताए ।
तोरीबारीमा मौरी उड्दै गरेको प्रतिमा राखेर चितवनलाई तोरी उत्पादनको हबका रुपमा स्थापित गराउन पहल गरिने बताए । “विगतमा चितवन तोरी उत्पादन जिल्लाका रुपमा चिनिन्थ्यो”, उनले भने, “अब फेरी तोरी उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्न पहल गर्न जरुरी छ ।” महिला उद्यमीहरुका लागि मौलिक स्रोत साधनबाट के के बनाउन सकिन्छ भन्ने डेमो समेत देखाउने तयारी रहेको बताए ।
महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको जानकारी दिए । १० दिनको अवधिमा २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको बताए । संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले विज्ञहरु राखेर गोष्ठी तथा सेमिनार गरेर चितवनका सम्भावनाहरुको खोजी गरिने बताए । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका सम्भावनाहरुको खोजी यसपाली पनि गर्नेछौँ”, उनले भने, “चितवनलाई आर्थिक राजधानी बनाउन पहल गर्नेछौँ ।” संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले चितवनको आर्थिक रुपान्तरणमा सघाउने बताउँछन् । “विगतका महोत्सवले पोल्ट्री, केरा, माछा, मह, डेरी प्रवद्र्धन गर्न भूमिका खेल्यो”, उनले भने, “चितवनको एक उत्पादनलाई हरेक महोत्सवमा प्रवद्र्धन हुदै आएको छ ।”
उनले चितवनलाई निर्यातको जिल्लाको रुपमा विकास गर्न महोत्सव आगामी वर्षमा सफल हुने दाबी गरे । उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तथा चितवनका पूर्वअध्यक्ष सहन प्रधानले चितवनलाई आर्थिक राजधानी बनाउन लाग्नुपर्ने बताउँछन् । “चितवनमा विदेशी लगानी भित्र्याउनुपर्छ, व्यवसायहरु विस्तारमा लाग्नुपर्छ”, उनले भने, “देशकै आर्थिक राजधानीका रुपमा विकास गर्न अब लाग्नुपर्छ ।”
उनले प्रचुर सम्भावना भएको जिल्ला भएकाले चितवनलाई आर्थिक रुपमा सबल गराउनुपर्ने बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्वअध्यक्ष दातााराम घिमिरेले नेपालमै उत्पादन भएका समाग्रीहरुको समेत महोत्सवमा मेड इन नेपाल परिसरमा प्रर्दशनी तथा बिक्रि वितरण हुने बताए । “स्वदेशी सामान पनि उच्चगुणस्तरीय छन् भन्ने उपभोक्तामाझ सन्देश पु¥याउनुपर्नेछ”, उनले भने, “तेस्रो पटक महोत्सवमा मेड इन नेपाल परिसर राख्दै छौँ, उद्यमीलाई हौसला बढ्ने अपेक्षा छ ।”
महोत्सव अवधिमै पुस २८ देखि २ गतेसम्म क्याम्पाचौर नारायणगढमा फुड फेष्टिबल हुनेछ । फुड फेष्टिबल मार्फत परम्परागत खानाको प्रर्वद्धन गरिने छ । जलयात्रा, आदिवासी जनजातिहरुको भेषभुषा, कला संस्कृति झल्कने मनोरञ्जनात्मक सांस्कृति कार्यक्रम, प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनीले निरन्तरता पाउनेछन् । फन पार्क समेत सञ्चालनमा आउनेछ । चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुमा पाइने जनावारको विम्वात्मक प्रतिमाहरु राखेर कृत्रिम जु राखिनेछ । महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई ६० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ तोकिएको छ ।