दुई ठूला स्टारको अभिनयका बाबजुद पनि बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ बक्स अफिसमा पूर्ण रुपमा फ्लप भयो । फिल्म असफलताको लामो समयपछि बलिउड अभिनेता ऋतिक रोशनले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।
Advertisement
फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए ।
‘मैले निभाएको चरित्रलाई दर्शकले मन पराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् । महंगो बजेटको यो फिल्मले बक्स अफिसमा केवल ७९ दशमलव ५३ करोडको मात्र व्यापार गरेको थियो ।