जेठ २४, सिमरा-
बाराको डुमरवानामा खाना पकाउँने ग्याँस सिलिण्डर लिक हुदा एकै परिवारका चार जनासहित सात घाईते भएका छन् । घाईतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ डुमरवाना स्थित स्याउली बजारमा नरमान थिङ्गको घरमा अम्बर कम्पनिको ग्याँस सिलिन्डर लिक भएर सो दुर्घटना भएको हो ।
घटनामा परि ६७ वर्षीय नरमान थिङ्ग सहिँत उनकी बुहारी ३२ वर्षीया ज्ञानी मायाँ थिङ्ग , ३२ वर्षीय बौद्धमान थिङ्ग र ३२ वर्षीय अनिता थिङ्ग रहेका छन् ।
त्यसैगरी छिमेकीहरु ५२ वर्षीया दिल्ली मायाँ वाईबा , ५५ वर्षीया साई मायाँ वाईबा , ३२ वर्षीया दिल मायाँ वाईबा पनि सो घटनामा घाईते भएका छन् ।
घाईतेहरु मध्ये चार जनाको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ । भने गम्भिर घाईते तीन जनालाई थप उपचारका लागि बिरगंजको नेशनल मेडिकल कलेजमा रेफर गरिएको छ ।
उनीहरुको शरीरको विभिन्न भाग र कपाल जलेको छ । प्रहरीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्याँस लिक भएको र आगो सल्किएको थियो ।
नरमानकी बुहारी ज्ञानी मायाँले चिया पकाउँनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लागेकी थिईन् । उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए । रेगुलेटर जोड्न नसके पछि ज्ञानी मायाँले सबैलाई जानकारी गराईन् ।
घरमा उपस्थित सबै भान्सामा पुगे । त्यति बेला सम्म भान्सामा ग्याँस लिक भईसकेको थियो । रेगुलेटर जोडेर ग्याँस बाल्ने क्रममा आगो लागेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
-यो खबर लोकप्रिय अनलाईन खरीबोट डटकमबाट लिईएको हो।