सामाजिक सञ्जाल टिकटकमा अनेक देख्न पाइन्छ । पैसा कमाउनेदेखि रमाइलो गर्नेहरु टिकटकमा जोडिन्छन् । कतै माया बस्छ, कतै झैझगडा चल्छ । कतै मज्जाले नाच्छन्, कतै विरहका गीतमा अभिनय गर्छन् । टिकटक संसार विचित्रको छ । टिकटक खुल्ला विश्वविद्यालय पनि हो । मज्जाले पढ्न पाइन्छ, सिक्न पाइन्छ । टिकटक विश्वमा सबैभन्दा धेरै डाउनलोड भएको एप हो । एक दशकदेखि पपुलर बनेको छ । यही टिकटकबाटै दुवईका छोटे भाई, बढे भाईजानले व्यापारलाई उचाईमा लगेका छन् । गज्जबको व्यापार गरेका छन् । जमजम इलेक्ट्रोनिक्स ट्रेडिङ मोबाइल सपमा दिनहुँ मेला लाग्छ । दुबईको बरदुवई मिना बजारमा केएफसी नजिकै जमजमको पुरानो पसल छ ।
नायाँमाला बजार नजिकै हब्बिब बैंक छेउमा नयाँ पसल छ । जमजमका आधादर्जन शाखाहरु खुलेका छन् । जमजमका सञ्चालक दाजुभाई युवा छन् । अनुहार दुरुस्तै छ । दाजुभाईको उमेर ६ वषर्को फरक छ । पहिरन एउटै लगाउँछन् । ग्राहकसँग मिठो बोल्छन् । बडेभाई अब्दुल गफुर २७ वर्ष भए । छोटेभाई अब्दुल सकुर २१ वर्ष भए । मुस्लिम समुदायका यी दाजुभाईको जोडीले व्यापारमा तहल्का मच्चाएका छन् । १० वर्षदेखि व्यापारमा लागेका उनीहरु टिकटककै कारण पछिल्लो ६ महिनामा व्यापारलाई बुष्ट गर्न सफल छन् । ग्राहकसँग कस्तो व्यवहार गर्ने, छोटेभाई, बडेभाईको यो जोडीबाट सिक्न सकिन्छ । उनीहरु मोबाइलको निर्यातकर्ता हुन् । युके, जापान लगायतका मुलुकबाट मोबाइल, ल्यापटप, आइप्याड ल्याएर बेच्छन् । चर्चित सेलिब्रेटीहरु, टिकटकरहरु सबै जमजम पुग्ने अभियाननै चलेको छ । मोबाइल फाल्छन्, उपहार दिन्छन् ।
जमजम जाने अधिकाँसले उपहार पाउँछन्, सहुलियत मूल्यमा नयाँ ब्राण्डका ओरजिनल सामानहरु लिएर फर्किन्छन् । प्रयांक गर्छन्, मोबाइल चलाउँदै हिड्ेनहरुको मोबाइल खोसिदिएर मजाक गर्छन्, दिमाग खियाउने प्रश्न सोध्छन् । सहि जवाफ दिनेलाई डेढ लाख बढी मूल्यका मोबाइल उपहार दिन्छन्, भिडियो बनाउँछन्, सेयर गर्छन् । सस्तो मोबाइल किन बोकेको, यो मोबाइल काम छैन भन्दै एक्कासी फाल्ने उनीहरुको शैलीले धेरै बटुवाहरु झस्किन्छन् । पछि, जमजमको परिचय सहित महंगा मोबाइल उपहार पाएपछि मख्ख पर्छन् । जमजममा विशेषगरि ४ देशका मानिसहरु बढी जान्छन् । भारत, नेपाल, पाकिस्तान, बंगलादेशबाट ब्राण्डेट मोबाइल किन्ने र दाजुभाईको जोडीसँग टिकटक बनाउनेहरु धेरै छन् । ऐसी कौन सी चिज हे, जो जिन्दा हे, और मुर्दाके पैदा कर्ति, और जो मुर्दा हे, उ जिन्दाके पैदा कर्ति हे ? यस्तै यस्तै प्रश्नहरुको सामना पनि जमजमका दाजुभाईले गर्छन् । कहिले मोबाइल, कहिले स्मार्ट वाच, चार्जर यस्तै यस्तै उपहार दिएर पठाउने गर्छन् । छोटेभाई, बडेभाईलाई भेट्न जानेहरुले पनि रोज दिन्छन्, हस्तकलाहरु उपहार दिन्छन् ।
व्यापारी र उपभोक्ताबीचको सुमधुर सम्बन्ध देख्न सकिन्छ । यी जोडीले विहे गरिसकेका छन् । दाजुको ७ वर्षे छोरी छन् । जब उनीहरु टिकटकमा आए, अन्य व्यापारीहरुलाई गर्मी बढेको छ । गफुर र सकुरले किन छोटेभाई–बढेभाई नाम राखे ? रमाइलो कथा छ । कारको ड्राइभिङ लाइसेन्स लिन जाने क्रममा दाई गफुरले भाइसँगको भिडियो पोष्ट गरे । छोटेभाई, बडेभाई भनेर लेखे । लाइक, कमेण्टको बर्षानै चल्यो । त्यसपछि उनीहरु यहि नामबाटै चिनिए । युवाअवस्थामै उनीहरु विश्वभर चिनिएका छन् । जीवनशैली लोभलाग्दो छ । दाजुभाई उस्तै उस्तै पोशाकमा देखिन्छन् । कपालको लुक्स पनि दुरुस्तै पारेका छन् । भाई सकुर अलि कम बोल्छन् ।
भिडियो कन्टेण्टहरु बनाउँदा दाजु गफुरले बढी दिमाग खियाउँन्, प्लान गर्छन् । दाजुभाई मिलेर गरेको यो प्रगती अनुकरणीय छ । भनिन्छ नि– एक हातले ताली बज्दैन । छोटेभाई, बडेभाईले ग्राहककै अगाडी मोबाइल भूईमा फालेर टिकाउपनको परीक्षण गर्छन् । जमजमले दुवईमा मोबाइल डेलिभर गर्छ । जमजमा आइफोन, सामसुङ, हुवाई लगायतका ब्राण्डका मोबाइल पाइन्छन् । तर, आइफोनका स्मार्टफोनहरु बढी बिक्रि हुदै आएका छन् । ग्राहकसँग झर्किने होइन, दिल खोलेर बोल्नेकै व्यापार चम्किन्छ । टिकटकमा वाहियात रमिता देखाउने होइन, करियरलाई सघाउने कन्टेण्टमा लाग्नु राम्रो हुन्छ । परिवारकै सदस्य वा आफन्तीसँग दुस्मनी होइन, निस्वार्थ सहकार्य गरेमा सफल बन्न सकिन्छ ।