वासिङ्टन ।अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनु दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको नवीकरणको प्रतीक भएको बताए । सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।
अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम् साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ ।जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दैै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँगको साझेदारी प्रवद्र्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ ।