क्रियाशिल डिजिटल मिडिया अवार्ड सन्तोष देउजालाई
काठमाडौं, पत्रकार सन्तोष देउजाले क्रियाशिल डिजिटल मिडिया अवार्ड प्राप्त गरेका छन् ।कपुरबोट मिडियाका अध्यक्ष देउजालाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा देउजा सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।सन्तोष देउजा लामो समयदेखि डिजिटल मिडियामा क्रियाशिल छन् ।अवार्डअन्तर्गत मेचीकाली खबरका भोजराज थापालाई कला प्रर्वद्धन पत्रकारिता अवार्ड, नेपाल अपडेटका मोहन बस्नेतलाई कल्याणकारी पत्रकारिता अवार्ड, पारस भट्टराईलाई प्रोत्साहन पत्रकारिता अवार्ड र चर्चित डिजिटल मिडिया अवार्ड कमल सरगमलाई प्रदान गरिएको छ ।यस्तै प्रकाशचन्द्र तिमिल्सेनालाई जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड, दीपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्ड, अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई डिजिटल मिडिया पपुलर प्रोग्राम अवार्ड, वीरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड प्रदान गरिएको छ ।वरिष्ठ पत्रकार भैरव रिसाललाई भने लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ ।
सन्तोष देउजा डिजिटल मिडियाका एक अटल स्तम्भ हुन् ।साहसिक पत्रकारिताको रुपमा उनले आफ्नो परिचय बताएका छन् ।रिपोटिङका क्रममा आउने हरेक जोखिमलाई पार गर्ने उनको आफ्नै शैली छ ।सन्तोष देउजा नेपालकै डिजिटल मिडियाका मौलिक ब्राण्ड हुन् ।यो स्थानसम्म आईपुग्नका लागि उनले धेरै संघर्ष गरेका छन् ।तराईको फाँटदेखि पडाडका बस्तीसम्म पुगेका छन् ।रात दिन नभनि खटिएका छन् ।सन्तोष जहाँ पुग्छन्, त्यहाँ पिडितले न्याए पाउछन्, दुखि, गरिबले राहत पाउछन्, निराश मानिसलाई आशा जगाउछन्, हराएका परिवार फिर्ता आउछन् ।उनी रिपोटिङमा भारतसम्म पुगेका छन् ।भारतीय क्षेत्रका कुनाकुनामा पुगेर हराएका परिवारलाई सुखद् मिलन गराउछन् ।उनको पत्रकारिता लामो समय मुलधारमै बित्यो ।तर खासै उपलब्धी देखिएन ।त्यो बेला ठोरीको गाउँदेखि, बाराको सिमरा, आर्थिक नगरी विरगंजहुदैं हेटौंडासम्म कार्यक्षेत्र बनाए ।
विभिन्न एफएम रेडियोमा समाचार पढे र कार्यक्रम चलाए ।बारा जिल्ला स्थित सिमराको रेडियो समर्पणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्म पुगे ।रेडियोसँगै मुलधारको मिडियामा उनले ११ वर्ष बिताए ।डिजिटल मिडियामा देउजाको प्रवेश ५ वर्ष अघि नै भएको थियो ।जिवनको उर्जाशिल समय उनले मिडिया क्षेत्रमा लगानी गरेका छन् ।समाचार लेख्ने, खिच्ने र देखाउने मात्रै होइन् समाधानसहितको पत्रकारिता नै उनको मुल एजेण्डा हो ।पत्रकारले आवाजविहिनको आवाज बोल्नुपर्छ भनिन्छ, त्यसको ज्वलन्त उदाहरण हुन् पत्रकार सन्तोष देउजा ।उनी कहिल्यै कसैको प्रभावमा परेनन् ।उनको मिसन एक मात्रै हो जनताको आवाज बोलिदिने मिसन ।बृद्ध आमाबाका सहारादेखि विछोडिएका परिवारलाई मिलन गराउने अभियानको परिकल्पनाकार नै हुन् सन्तोष देउजा ।आजकल नयाँ आएका मिडियाकर्मीले समेत उनकै शैलीका कार्यक्रम ल्याएका छन् ।देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान पु¥याएको भन्दै २१ जना पत्रकारहरुलाई सम्मान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडियाका अध्यक्ष मिलन सिंङले बताएका छन् ।