भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनमा शक्ति प्रर्दशन गर्न लागेको छ । उपनिर्वाचन लक्षित अन्तिम चुनावी सभाका क्रममा नारायणगढ स्थित क्याम्पाचौरदेखि बृहत ¥याली निस्कने जनाइएको छ । भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा रास्वपाको चुनावी सभा हुन लागेको हो । दिउसो ३ बजेदेखि सुरु हुने सभामा रास्वपाका सभापति रवि लामिछाने लगायतले सम्बोधन गर्नेछन् । चितवनमा हुन लागेको सभामा तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्ले, बारा २ का उम्मेदवार रमेश खरेल पनि सहभागि बन्नेछन् ।
रवि चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी यसअघि मंसिर ४ मा निर्वाचित भएपनि नागरिकता विवादमा परेपछि सांसद पद गुमेको थियो । रविले सामाजिक सञ्जालमा लेखेका छन्– ‘आजको सभा विशेष छ । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर ।
यो वारपारको राजनितीक भिडन्तबारे आज हामी तिनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ । आजको तपाईंको उपस्थिति अर्थ राख्छ ।’ उपनिर्वाचन वैशाख १० गते हुदैछ । आजै राती १२ बजेदेखि मौन अवधि सुरु हुदैछ । रास्वपाले मंसिर ४ को शानदार जितलाई दोहो¥याउन चितवनमा देशभरका रास्वपाका नेता, समर्थकहरुलाई उतार्न लागेको छ ।