चितवन। नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद काेईरालाकाे १३ अौ स्मृति दिवसकाे अबसरमा भरतपुर अस्पतालकाे प्रसुति गृहमा उपचार रत महिलाहरुलाई पाेषण युक्त खानेकुरा बितरण गरिएकाे छ । गिरिजा प्रसाद काेईराला फाउन्डेसन फर डेमाेक्रेसी पिस एण्ड डेभलेपमेन्ट काे आयाेजनामा अस्पतालमा उपचार रत रहेका ५० जना महिलालाई पाेषण युक्त खानेकुरा बितरण गरिएकाे हाे ।
नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उहाँहरुलाई खानकुरा बितरण गर्नु भएकाे हाे ।
साे अबसरमा बाेल्दै उहाँले नेपालकाे राजनितिमा युग पुरुषकाे रुपमा रहनु भएका काेईरालाकाे सिद्वान्त काङ्ग्रेस कार्यकर्ताले पच्याउनु पर्ने बताउनुभयाे । काङ्ग्रेसकाे नेतृत्वमा काेईराला रहँदा भएका कामहरु प्रशंसा गर्दै पाटिलाई एक ढिक्का बनाएर लैजानु पर्ने उहाँकाे भनाई थियाे ।
फाउन्डेसनका अध्यक्ष कमल आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाेपाल दराईले सहजिकरण गर्नु भएकाे थियाे ।