भरतपुर । खानपान तथा वातावरणीय प्रभावले धेरैको कपालमा अनेक समस्याहरु आउने गर्छन् । कपाल सौन्दर्यताका लागि महत्वपूर्ण मानिन्छ । टाउकोमा कपालनै नभएर कैयन छटपटिमा छन् । कपाल प्रत्यारोपण वा तेल मालिस गरेर पनि कपालको उपचार गर्न सकिने विधिहरु प्रचलनमा छन् ।
अब चितवनमा पनि तेलबाट कपालमा मसाज गर्ने सेवा विस्तार भएको छ । भरतपुर महानगर–१० हाकिमचोकमा यचु हेयर आयल एण्ड डिके कलेक्सन सेन्टर खुलेको छ । भूमि इन्डस्ट्रिजका अध्यक्ष उज्वल मानन्धर, महिला अधिकारकर्मी मञ्जु खाँडले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरे । मानन्धरले ३३ थरीका प्राकृतिक जडिबुटिलगायतका वस्तुहरुको समिश्रणबाट बनेको तेलले कपाललाई जीवन्त र तन्दुरुस्त बनाउन सफल बनेको बताए ।
३ वर्षको अनुसन्धान र सफल परीक्षणपछि यचु हेयर आयल बनाउन सफल भएको मानन्धरले बताए । नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने गरि यचु हेयर आयल प्रयोग हुदै आएको छ । भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको यचु हेयर आयल धेरैको रोजाईमा पर्दै आएको छ ।
चितवन र नवलपुरमा शाखा कार्यालयहरु खुलेका हुन् । चैत ९ गतेसम्म यचु तेलमा १० प्रतिशत छुट दिइने सञ्चालक दीपक खाँडले बताए । एचु तेल हालसम्म १० हजार बढी लाभान्वित भएका छन् । चितवनका लागि १० दिनका लागि फ्री क्यम्पिङ राखिएको छ । चितवनमा खुलेको शाखामा ५० लाख लगानी रहेको छ । एचु हेयर आयल केयर सेन्टरसँगै डिके कलेक्सन पनि रहेको छ ।