नेपाल–पाकिस्तानको प्रेम कस्तो होला ? देशको सम्बन्ध राम्रै छ । तर, त्यहाँ बसोबास गर्नेहरुसँग नेपालीहरु त्यति घुलमिल छैन्न्, उनीहरु पनि घुलमिल छैनन् । तर, १९ वर्षिय नेपाली ठिटो आयुषसिंह ठकुरीले पाकिस्तानी एउटी युवतीलाई साथी बनाएका छन् । अझ भनौँ–प्रेमिका बनाउने प्रयास गर्दैैछन् । पाकिस्तानी यी युवती हुन्, अलिजा जमाली । टिकटक लाइभमा उनीहरुमात्रै आउँदैनन्, एक–अर्काको परिवारपनि सँगै आएर बोल्छन् । एउटै परिवार जसरी बोल्छन् । आयुष हिन्दु समुदायका हुन्, अलिजा मुस्लिम समुदायकी हुन् । तर, पनि उनीहरुलाई फरक धर्मले टाडा पारेको छैन, बरु नजिक बनाएको छ । हातमा आकर्षक बुट्टाहरु बनाउने काम गर्छिन् ।
उनी १२ वर्षदेखि दुबईमा छिन् । बुबा, आमा, १ भाई, १ बहिनी छन् । २२ वर्षिय अलिजाले व्याचलर पढेकी छन् । उनी मुस्लिम समुदायकी हुन् । नेपाली पनि बोल्छिन् । मायाका कुरा गर्छिन् । आयुष र अलिजाको टिकटक लाइभमा ३० हजार बढी एकसाथ जोडिन्छन् । प्रेमिल कुराकानी मज्जाले सुनेर बस्छन् । दुबैजना टिकटकमा खुलेर कुरा गर्छन् । विहेका कुरा गर्छन् । खेल्छन्, प्रश्नहरु सोध्छन् । अलिजा जानी नजानी नेपाली बोल्छिन् ।
आयुषले एलिजेलाई सम्झेर एउटा गीत– सात समुन्दर पनि बनाएका छन् । गीतमा उनी भन्छन्–हात समाई सँगसँगै हिड्न चाहन्थे । जीवन अध्यारोँ छ तिमि विना, उज्यालो बनिदेउन । आयुष फनि भिडियो बनाउने गर्छन् । लिप्सिङमा माहिर छन् । पाकिस्तानी युवती भएपनि एलिजेले नेपाली गीतमा टिकटिक भिडियोहरु बनाउँदै आएकी छन् । कालो चस्मा लाउ भन्छ, पीरती लाउने आउ भन्छ भन्दै भिडियोहरु बनाएकी छन् । तिमिसँगै जिउने भन्दै बालुवामा उनले नेपाल कोरेकी पनि छन् । उनले नेपाल–नेपालीलाई माया दर्शाइरहेकी हुन्छिन् ।
प्रेमि–प्रेमिका जस्तो लाग्छ । तर, उनीहरु कतिबेला प्रेमि बन्छन् । कतिबेला झगडा गर्छन् । अलिजाका लबज सुन्न लायक छन् । प्यार मागोकी प्यारे दिएङगे, तुम खाना मागोगी खाना दिएङगे, तुम चुप्पा मागोकी हम चार सन्तान दिएङगे । रमाइलो गर्र्छन् । आएँ मेरो बुढा, सञ्चै हुनहुन्छ ? भनेर पनि सोध्ने गर्छिन् । कैयन पटक तिमि त भैया हो भनेर मजाक पनि गर्छिन् । आयुषले बेलाबखत मसँग बिहे गछौँ भनेर सोध्छन् । अलिजाले भन्छिन्– सम्झनि पानी छम्किनी । अलिजाले नेपाली बोल्न आयुषबाटै सिकेकी हुन् । समुन्द्रपारी रहेपनि उनीहरुलाई कसैले रोक्न सकेको छैन । एलिजेले टिकटक लाइभमै आयुषलाई चुनौती दिदै भन्छिन्– मेरे विना ६ दिन गुजार्ना । अलिजाको लवज लोभलाग्दा छन् । देखन छु । तिम्रो विना उदास उदास छ । आयुषलाई माया पनि दर्शाउँछिन् । उनीहरु टिकटक सम्बन्धमा मात्रै छैनन् । जन्मदिनमा उपहार पनि साटासाट गर्छन् ।
आयुषले पनि आफ्ना पीडाहरु पोख्छन् । डेढ वर्ष भो, निद्रानै लाग्दैन, के भो मलाई ? अलिजाले सल्लाह दिन्छिन्– अस्पताल जाउ । प्यारबारे उनीहरु निकै गफिन्छन् । सुनिरहुँ जस्तो लाग्छ धेरैलाई । एलिजे बुर्खा या भनौँ नकाबमा हुन्छिन् । उनको अनुहार धेरैले नियाल्न पाएका छैनन् । तर, उनले नेपालीप्रति देखाएको मायाले धेरैलाई छुन्छ । गिफ्टहरुको वर्षा हुन्छ । दिनहुँ घण्टौसम्म उनीहरु लाइभमा बस्छन् । उनीहरुलाई सुनेर धेरैले रात कटाउँछन् । उनीहरु एक पटक दुबईमा भेट भएका थिए । त्यसपछि उनीहरुलाई जोड्ने माध्यम टिकटकनै छ ।
युवापुस्ताले मानेको यो चखेवाको जोडी भ्युज, गिफ्टकै लागिमात्रै छ या उनीहरु प्रेमसम्बन्धमै छन् । त्यो भविष्यले देखाउनेछ । तर, उनीहरुले धेरैका मनलाई शान्त पारेका छन्, छटपटाहटमा मलम लगाएका छन् । फुर्सदमा कुलतमा लाग्नेहरुलाई नियन्त्रण गरिदिएका छन् । आयुष टिकटकको कमाईलाई सामाजिक काममा पनि खर्चेका छन् । गरिब तथा विपन्नहरुलाई उपचार गर्न रकम जुटाएका छन् । टिकटकले धेरैलाई नपोलोस्, जोडोस्, घरबार नबिगारोस्, घर मजबुत पारोस् ।