काठ्माण्डौ । अभिनेता पल शाहले साथ दिने सबैलाई धन्यवाद दिएका छन् । तनहुँ कारागारबाट रिहा हुने क्रममा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।” उनले केही दिनपछिमात्रै सार्वजनिक रुपमा धारणा राख्ने स्रोतले जनाएको छ ।
उनका फ्यानहरुले कारागार अगाडी जितको खुशीयाली साटासाट गरेका थिए । छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल बन्दै पल कारागाबाट बाहिरिएका हुन् । उनलाई लिन उनका परिवार आइपुगेको थियो । बहिनी रोशनीले गाडीसम्म लगेकी थिइन् । पल आज पोखरा जानेछन् । भोलिमात्रै काठ्माण्डौ जाने पलनिकट संगीतकार योगेश काजीले जनाए । उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा सफाइ दिएको हो ।
नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । समर्थकको दमौलीमा विहानैदेखि भिड लागेको थियो ।