आउदो फाल्गुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ्क्का पन्जा ४’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दिपक राज गिरीलाई राजनीति गर्ने कुशल खेलाडीको रुपमा देखाएको छ भने केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् ।
उता बुद्धि तामाङ (हैट)लाई एउटा बेरोजगारी युवाको रुपमा ट्रेलरमा देख्न सकिन्छ । सुन्दरी र कुशल अभिनय गर्न सिपालु अभिनेत्री बेनिशा हमाल एक पत्रकारको भूमिकामा देखीएकी छिन । उनी सुरुमा पत्रकारको रुपमा देखीएपनी पछी दिपक राज गिरीकी प्रेमिकाको रुपमा देख्न सकिन्छ । ट्रेलरमा केही सिन यस्ता छन जहाँ दिपक राज गिरी र बेनिशा हमालको लभस्टोरी झल्किए छ । अभिनेता निर शाहपनी कुनै एक दलको प्रमुखको रुपमा प्रस्तुत छन भने अभिनेत्री दिपा श्री निरौलाको भूमिका लाई खासै खुलाएको छैन । ट्रेलरमा हामीले अन्य कलाकारहरु जस्तै निर्मल शर्मा (गैडाँ),राज आचार्य,अनुराग कुवर, राज आचार्य,मलिना जोशी, लाई पनि देख्न सक्छौँ तर यो नै भूमिका हो भनेर ठोकुवा भने गर्न सक्दैनौं ।
हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपक राज गिरीको लेखन नरेन्द्र मैनालीको छायांकन कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वति मुभिज र आइएमइको प्रस्तुति रहेको चलचित्रमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्मातामा रहेका छ्न भने दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण रहेको छ ।