भरतपुर । पूर्वीचितवनमा गैडा मृत फेला परेको छ । रत्ननगर–११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैडा मृत भेटिएको हो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी ८ देखि १० वर्षको गैंडा मृत भेटिएको हो ।
Advertisement
३ महिना अगाडि मरेको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा गैडाको अवेशषहरु भेटिएका छन् । यो वर्षमात्रै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११ वटा गैंडा मृत भेटिएका छन् ।