काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधि खपतको विवरण ‘अपडेट’ गराउन आयातकर्ता तथा उद्योगीलाई अनुरोध गरेको छ ।
Advertisement
विभागले बुधबार सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनको ‘ग्लास सिस्टम’मा पेस गर्नका लागि सन् २०२२ को खपत विवरण पठाउन भनेको हो ।
सन् २०१६ देखि २०२१ सम्मको विवरण विभागले ग्लास सिस्टममा पठाइसकेको छ । ग्लासको पछिल्लो रिपोर्टअनुसार नेपालमा एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको देखिएको छ ।