काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।
Advertisement
राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरीसकेको छ ।
सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको नेकपा एमाले भने प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा छ । प्रचण्डले भने आफ्नो रोजाइको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहेका छन् । यही रस्साकस्सीका कारण कतिपयले वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान गरेका छन् ।