काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थप २ मन्त्रालयको जिम्मा लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजिनामा थप २ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकिएको उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले यसअघिनै गृहमन्त्रालयको जिम्मेवारी लिएका छन् । नागरिकता विवादमा परेर सांसद पदनै खारेज भएपछि रवि लामिछाने ३२ दिनमै गृहमन्त्रीबाट बाहिरिएका थिए । ४२ दिनमै सरकारमा सहभागि भएका रास्वपाका २ मन्त्री, १ राज्यमन्त्री पनि बाहिरिएका छन् । रास्वपाबाट शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोल प्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले सरकारनै छाडेका थिए ।