काठमाडौँ । पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल ४ दिनदेखि आइसियुमा उपचाररत छन् । छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उनको उपचार भैरहेको छ । मंगलबारदेखि कटवाललाई आइसियुमा राखेर उपचार भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनले मिर्गौलाको समस्याका कारण नियमित डायलासीस गर्दै आएका थिए ।
Advertisement
डायलासीसको क्रममा भर्ना गर्नुपर्ने देखिएपछि अस्पतालमै भर्ना गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले २०६५ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दाहाल सरकारले बर्खास्तको निर्णय गरेपनि तत्कलीन राष्ट्रपति यादवले पुनर्बहाली गरेसँगै उनी सेनाको नेतृत्वमा आएका थिए ।