कायरो । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी तीन जनाको मृत्युको छ । अन्य ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
Advertisement
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पु¥याइएको थियो ।
आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।