काठमाडौं । नेपाल अभिभावक महासंघले १६ सुत्रिय मागहरु शिक्षामन्त्रीलाई बुझाएको छ । महासंघका संयोजक शुप्रभात भण्डारी, धर्मदत्त देवकोटा सहितको टोलीलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाललाई मागपत्र बुझाएको छ ।
मागपत्रमा स्थानीय तहको शिक्षा समिति, छात्रवृत्ति वितरण अनुगन समिति तथा संस्थागत विद्यालयको शुल्क निर्धारण समितिमा महासंघका अध्यक्ष वा आधिकारिक प्रतिनिधि सदस्य हुने व्यवस्था गर्न माग गरिएको छ । महासंघले शिक्षा शुल्क निर्धारणमा स्थानीय तहले सकारात्मक काम नगरेको दुखेसो पोखेको छ । संविधानले माविसम्मको शिक्षा निःशुल्क गर्ने र व्यवस्थापन तथा संचालकको जिम्मेवारी स्थानीय तहलाई दिएपनि शैक्षिक सरोकारवाला संस्थाहरूको सहभागिता र समुचित व्यवस्था नगरिएको महासंघको ठहर छ । हरेक विद्यालयमा इन्टरनेट सहित सूचना तथा प्रविधि प्रयोगशालाका स्थापना गर्नको लागि पर्याप्त बजेटको व्यवस्था गनुपर्ने माग गरेका छन् ।