काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
Advertisement
गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएपछि अहिले गठबन्धनमा नेताहरुबीच दुरी बढ्दै छ । माओवादीले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिन नसकिने बताइरहेको छ । राप्रपा यस विषयमा मौन छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रास्वपाको अडानलाई साथ दिएका छन् । तर प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय तत्काल रास्वपालाई नदिने बताएका छन् ।