धनगढी । कैलालीको टीकापुर घटनाको मुद्धाको पेसी आजलाई तोकिएको छ । २०७२ साल भदौ ७ गते थरुहटको आन्दोनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो ।
Advertisement
हत्याको अभियोगमा कैलाली जिल्ला अदालतले २०७५ फागुन १२ गते ११ जना र उच्च अदालत दिपायलले २०७७ पुस ३ गते ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । आँफु निर्दोष रहेको भन्दै रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । सर्वोच्च अदालतमा पटक–पटक तोकिएको यसअघिका पेसी सारिएको थियो ।