पोखरा । पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् ।काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका हुन् ।
Advertisement
कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएको वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेका हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।