काठमाडौं । गए रातिको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।
Advertisement
घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् ।इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो ।
जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ । भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् ।