एजेन्सी । कोरोना संक्रमणका कारण जापानमा एक महिनामा १० हजार बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय जापानमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । शनिबारमात्रै कोभिडका कारण २ सय ५२ जनाको मृत्यु भएको छ । कोभिडका कारण जनवरी महिनामा मात्रै १० हजारभन्दा बढीको मृत्यु भएको छ ।
Advertisement
जनवरीको २८ तारिक शनिबारसम्म १० हजार १ सय २४ जना बिरामीको मृत्यु भएको जापान टाइम्सले जनाएको छ । एकै महिनामा यति धेरै ज्यान गएको जापानमा पहिलो पटक हो । डिसेम्बरमा ७ हजार ६ सय जनाको ज्यान गएको थियो । जनवरी अन्तिम साता भने थपिने संक्रमितको संख्या केही घटेको छ । अधिकांश विद्यालयहरूमा यतिबेला अनलाइन ‘क्लास’ चलेको छ । जापानी सरकारले भीडभाड नगर्न सुझाएको छ ।