नयाँदिल्ली । भारतीय वायु सेनाका दुई विमान ठोक्किदा १ जना चालकको ज्यान गएको छ । आज विहान मध्य प्रदेश राज्यको ग्वालियरमा भएको दुर्घटनामा परेर बाँचेका अर्का चालकको अवस्था गम्भीर छ । ठेक्किएमा ती विमानमा एउटामा १ जना अर्कोमा २ जनामात्रै सवार थिए ।
उडान अभ्यास गरेका दुई विमान एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परेका ती विमानहरुको भग्नावशेषहरु समेत फेला परेका छन् ।एउटा विमानका भग्नावशेष राजस्थान र अर्को विमानका अवशेष मध्य प्रदेशको मोरेनामा भेटिएको मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् ।
घटनाबारे छानविन गर्न जाँचबुझ समिति गठन गरिएको छ । गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । त्यस अघि अरुणाचलमै हेलिकप्टर दुर्घटना हुँदा चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बरमा भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।