वीरगञ्ज । ट्याक्टरबाट खसेका पर्साका १ जनाको ज्यान गएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । जिराभवानी–१ स्थित सडकमा ना ३ त २२८७ नम्बरको ट्याक्टरले शुक्रबार साँझ विन अनियन्त्रितहुदा एक्कासी खसेका थिए ।
Advertisement
उनलाई ठूलो चक्काले किचेको थियो । बेहोस बनेका उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पु¥याइएको थियो । चिकित्सकले राति साढे ८ बजे मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । प्रहरीले ट्याक्टर र ट्याक्टरमा सवार अर्का १ जनालाई पक्राउ गरेको छ ।