काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागतमा प्रयोग हुने खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन गरेको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् । उनले दानपेटिकामा संकलन भएको रकममा १ महिनाको तबलसमेत जम्मा गरेका छन् । मन्त्री भएपछि बधाई दिन आउँदा खादा, माला नल्याउन अनुरोध गरेका थिए ।
Advertisement
तर, खादा, माला आउने क्रम नरोकिएपछि उनले दानपेटिकानै राखेका थिए । संकलित रकम दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् । संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । छिटै विद्यालय छनौट गरी हस्तान्तरण गरिने बताए ।