काठमाडौं (एजेन्सी) । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा भएको आक्रमणमा ९ प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २० जना घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर छ । विगत २० वर्षमा वेस्ट बैंकको जेनिन शिविरमा इजरायलको यो सबैभन्दा ठूलो घातक हमला हो ।
Advertisement
प्यालेस्टिनी प्राधिकरणले यसलाई ‘नरसंहार’ भनेको छ । इजरायली सेनाले आफ्ना सैनिकहरू ‘इस्लामिक जिहादी’लाई पक्राउ गर्न गएको बताएको छ ।। जेरुसेलम नजिकैको पास अल–राम सहरमा इजरायली सैनिकहरूसँगको झडपमा दशौं प्यालेस्टिनीको मृत्यु भएको थियो ।
जेनिन रेडमा मारिएका नौ जनाको मृत्युको विरोधमा प्रदर्शन हुदै आएको थियो । इजरायली सेनाले ‘आतंकवाद विरोधी’ हमला गरिरहेको बताएपछि वेस्ट बैंकमा तनाव बढेको छ । क्षेत्र र इजरायली सेनाबीच तीन घण्टासम्म यो भिडन्त चलेको थियो ।