नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको आकांक्षी रहेको बताएका छन् । प्रेस युनियन बाँकले नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले कानुनी शासन र संविधानको रक्षाका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने अडान राखे ।
Advertisement
उनले डा. बाबुराम भट्टराईको राष्ट्रपति बन्ने संभावना नरहेको जीकिर गरे । राजनीतिक दलबाहिरबाट राष्ट्रपति हुने संभावना नरहेको बताए । उनले दलभित्रबाटै राष्ट्रपति छनौट हुने बताए । प्रवक्ता डा. महतले तत्कालिन परिस्थितिमा सरकारलाई विश्वासको मत दिएपनि आफूहरु सरकार निर्माण र मन्त्रीपरिषद्मा सहभागी नभएकाले प्रतिपक्षकै भूमिकामा रहने बताए । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा टुट्नुमा मूल्यांकनमा कमी कमजोरी भएकोसमेत खुलाए ।