काठमाडौं। यही माघ २५ मा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा बुुधबार उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानका लागि राष्ट्रिय सभा उपनिर्वाचन हुन लागेका हो ।
लुम्बिनीमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जसका लागि नेपाली कांग्रेस, एमाले र केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा रायले उम्मेदवारी दिए । प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाइ समर्थन रहेपनि आफुहरु गठबन्धन दल भित्र नरहेको बताइन् । ‘सरकारलाई विश्वासको मत दिएपनि हामी प्रतिपक्षको बेञ्चमा छौं । हामीले उठाउँदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहदैन’, उनले भनिन् ‘हामीले दिएको उम्मेदवारी फिर्ता लिदैनौं ।’
सत्तारूढ दलहरुका तर्फबाट एमालेका कुमार दसौदी र कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।उक्त उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।