काठमाडौं । कलाकार दीपकराज गिरी गृहमन्त्री र काठ्माण्डौ महानगरका मेयरको पक्षमा उभिएका छन् । गृहमन्त्री रवि लामिछाने र काठ्माण्डौका मेयर बालेन शाह विरुद्ध आलोचना बढ्न थालेपछि कलाकार गिरीले विश्वास गर्न अपील गरेका छन् ।
समसामयिक विषयमा धारणा सार्वजनिक गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने उनले गृहमन्त्री र मेयर शाहको पक्षमा धारणा राखेका छन् । उनले लेखेका छन्, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास ग¥यौं, अब रवि बालेनहरू आएका छन्, उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’ उनले २ दिन पहिले मानिसलाई भगवान र राक्षस बनाएको भन्दै लेखेका थिए ।
उनले लेखेका थिए, ‘हामीले मानिसलाई कि भगवान बनायौँ, कि राक्षस बनायौँ, मानिस रहन दिएनौँ, आजको समस्या यहीनै हो ।’ उनले ६ दिन पहिले मन्त्रीमण्डल विस्तारबारे टिप्पणी गरेका थिए । उनले अनुभवीलाई पाखा लगाएर नयाँलाई अवसर दिएको भन्दै व्यंग्य गरेका थिए । उनले लेखेका थिए, ‘यो पटकको मन्त्रीमण्डल हेर्दा फुटबलामा अनुभवी खेलाडीलाई बेञ्चमा राखेर नयाँ खेलाडीलाई मौका दिए जस्तो देखिन्छ, राम्रो वा नराम्रो नतिजाले भन्ला ।’ उनी राजनीतिक एजेण्डाहरुमा टिप्पणी गर्न रुचाउँछन् ।