(पुनम मगर) गुन्जनगर । भरतपुर १८ गुन्जनगर मा वि को खेल मैदानमा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।भरतपुर २३ को सोमाङ जीव एकेडेमीले १४ पदक सहित शीर्ष स्थान ओगट्न सफल भएको छ ।सोमाङ जीव एकेडेमीले ८ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।श्री जानकाी मा . वि. भरतपुर २७ दोस्रो तथा साझापुर तेस्रो स्थानमा रहेका छन् ।
जानकी मा. वि ले ७ स्वर्ण,८ रजत र ५ कास्य पदक प्राप्त गरेको छ भने श्री साझापुरले ६ स्वर्ण, सात रजत, ६ कास्य र र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । यस्तै भरतपुर ७ को प्रेमबस्ती मा . विले २ स्वर्ण, ४ रजत प्राप्त गर्दै चौथो स्थानमा पुगेको छ । गुन्जनगर मा . वि २ स्वर्ण, २ रजत र २ कास्य पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो ।
यसैगरी मिलन इङलिस स्कुल २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ । नारायणी विध्या मन्दिर मा.वि. भरतपुर २ स्वर्ण, १ रजत सहित सातौँ, लक्ष्मी मा. वि. भरतपुर ४ लङ्कु २ स्वर्ण, १ कास्यका साथ आठौँँ, श्री आधारभुत विद्यालय ब्रम्हापुर भरतपुर १६ ले २ स्वर्ण सहित नवौँ तथा ग्लोरियस एकेडेमी भरतपुर ४ ले २ स्वर्णका साथ पदक तालिकाको १०औँ स्थानमा रहन सफल भयो ।
त्यस्तै गरी मुनलाइट इङलिस स्कुल भरतपुर ३ ले १ स्वर्ण, ६ रजत, भिमनगर मा.वि. भरतपुर २० ले १ स्वर्ण,१ रजत,श्री मा.वि. ढङ्घारिले १ स्वर्ण,१ रजत,श्री शारदा मा.वि. भरतपुर १९ ले १ स्वर्ण,१ रजत,श्री हिमाल द न्यौ मा. बि. भरतपुर १३ ले १ स्वर्ण,३ कास्य पदक ,भानु मा. बि. पाहारिलोटार भारतपुर २१ ले १ स्वर्ण, १ कास्य पदक ,श्री जनप्रिय पब्लिक स्कुल भरतपुर १९ ले १ स्वर्ण,अङ्कुरम एकेडेमी भरतपुर ७ ले १ स्वर्ण,चितवन शिक्षा सदन इ .वो. भरतपुर १६ ले १ स्वर्ण,नारायणी नमुमा मा । वि १ स्वर्ण,भरतपुर १५ को बिश्व प्रकास मा .वि. ले १ स्वर्ण, र लिटिल फलावर भरतपुर ३ ले १ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
शुक्रबार बाट सुरु भएको राष्ट्रपति रनिङ शिल्डको समापन कार्यक्रम महानगर उपप्रमुख चित्र सेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख अधिकारीले मेडल तथा पुरस्कार वितरण गर्नु भएको हो ।भरतपुर १८ का वडाध्यक्ष वावुराम राना को सभाअध्गक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने महानगरका कुल ७६ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स विद्याका खेलहरु भएका थिए ।