काठमाडौँ । काठ्माण्डौ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध प्रर्दशन हुने भएको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आन्दोलन गर्ने घोषणा गरेको हो । माघ १५ गते राजधानीको माइतीघर मण्डलामा मेयर शाह विरुद्ध धर्ना तथा प्रर्दशन हुन लागेको हो ।
Advertisement
मेयर शाहले काठमाडौँवासीलाई त्रसित बनाएको भन्दै विरोध प्रदर्शन गर्न लागिएको समितिका संयोजक सुमन सायमीले बताए । विकासका नाममा डोजर आतंक फैलाएको भन्दै विरोध प्रदर्शन गर्न लागेको समितिले जनाएको छ ।