काठ्माण्डौ । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा १० जनाले ज्यान गुमाएका छन् । चिनियाँ नयाँ वर्ष मनाउने क्रममा अन्धाधुन्दा गोली चलेको थियो । आइतबार भएको सो घटनामा १९ जना घाइते छन् ।
Advertisement
मोन्टेरी पार्क इलाकामा भएको गोलीबारी घटना कसले गराएको भन्ने अझै केही खुलेको छैन । स्थानीयबासी र एसियालीमूलका समुदायबीच विवाद भएको जनाइएको छ । नयाँ वर्ष मनाइरहेका बेला एक्कासी आएको चर्को आवाजलाई स्थानीयले आतिशबाजी भएको बुझेका थिए ।