पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित भएकी छन् । उनलाई एमाले सहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुले मत दिएका थिए । उनको पक्षमा ३२ मत परेको थियो ।
Advertisement
उनी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बागलुङबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् । उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत प्राप्त गरिन् ।
प्रदेशसभामा ६० सदस्यहरु छन् । सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसे भने कांग्रेसका १ जना प्रदेशसभा सदस्य अनुपस्थित रहे ।