सुर्खेत । धनुषा
कर्णाली र प्रदेशको मधेश प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । कर्णालीमा खड्क पोखरेलले र मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने प्रदेश स्तरिय निर्णय गरेको हो ।
Advertisement
पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् । कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् । सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
यस्तै आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए । मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।