तनहुँ । माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए। क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्तिमा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ ।
Advertisement
प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ। प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद रु १५ हजार र दोस्रो हुनेले रु सात हजार पुरस्कार पाउनेछन् ।
सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।