काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी २० जनाको मृत्यु भएको जनाइएको छ । प्रहरीले भने ५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । ४० जनाभन्दा बढी घाइते भएका छन् ।
टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ ।
आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । अफगानिस्तानमा भएका धेरैजसो ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ ।