एजेन्सी । पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार भएको छ । पञ्जाब विधानसभाबाट बाहिरिने क्रममा जुत्ता हानिएको थियो । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा जुत्ता प्रहार भएको हो । मंगलबार पञ्जाब विधानसभा बाहिर कारमा बसिरहेका बेला जुत्ता प्रहार भएको हो ।
Advertisement
जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान अझै खुलेको छैन । जियो न्यूजका अनुसार अज्ञात व्यक्ति अझै फेला परेका छैनन् । यसअघि मंगलबार सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्न दिइएको थिएन । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ ।