काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।
Advertisement
पार्टीले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ ।संसदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति राखेका थिए ।अब उनीहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।