भरतपुर । चितवन प्रहरीले १ लाख बढी नक्कली रुपैयाँ सहित महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–१ बस्ने ४२ वर्षिया गंगा तामाङ रहेकी छन् । डेरा गरि बसेको कोठाबाट प्रहरीले जाली नोट सहित पक्राउ गरेको हो ।
Advertisement
आइतबार साँझ ६ बजे पक्राउ गरेको हो । १ हजारका १ सय ३७ वटा जाली नोट सहित उनी पक्राउ परेकी हुन् । उनलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।