भरतपुर । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भरतपुरमा हुने भएको छ । यही पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा हुने जनाइएको छ । करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने छन् ।
नारायणगढमा पत्रकार सम्मेलन गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले सम्मेलन भव्यताका रुपमा सफल गराइने बताए । उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिने बताए । सम्मेलनको तयारी तीव्र पारिएको बताए । सम्मेलनको भरतपुर महानगरका मेयर रेनु दाहालले उद्घाटन गर्नेछिन् ।
होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिड–१९ ले पारेको आर्थिक मन्दीलाई हटाउन सम्मेलन सफल हुने बताए । २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको उनले बताए । सम्मेलनमा पर्यटनसम्बन्धि कार्यशालाहरु हुने जानकारी दिए ।् २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन चितवनमै भएको थियो ।