एजेन्सी । इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् ।उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे ।
अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका तीन राष्ट्रिय लक्ष्यहरू रहेको बताए । नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् । पुटिनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन नेतान्याहुको व्यक्तिगत र दीर्घकालीन योगदानको रुसले उच्च कदर गर्ने सन्देशमा उल्लेख गरेका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।उनले आफ्नो देश इजरायलसँग गहिरो सम्बन्ध बनाउन र साझा चुनौतीहरूको सामना गर्न मिलेर काम गर्न तयार रहेको सन्देशमा बताएका छन् ।समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनले बारम्बार हतियारका पठाउन गरेको अनुरोध इजरायलले स्वीकार गरेको छैन ।