भरतपुर । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एकिकृत समाजवादी छिटै सरकारमा समेटिने दाबी गरेका छन् । उनले नेकपा एस विस्तारै सकारमा समेटिने बताए । रुपन्देहीको भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए ।
Advertisement
“दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जान सक्छन्”, उनले भने, “सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेछ ।” उनले राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने बताए । कुनै पनि राजनीतिक रुपमा कुनै दललाई निषेध गर्ने नीति सरकारले नलिने जीकिर गरे । उनले मुलुकको स्वाधीनताको रक्षा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको दाबी गरे ।