एजेन्सी । केही दिनअघि चलचित्र ‘सीता’को मुख्य भूमिकामा नायिका करिना कपुरलाई अफर गरिएको र यस भूमिकाको लागि करिनाले १२ करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भएको थियो । यो खबर भारतीय सञ्चार माध्यममा सार्वजनिक भएसँगै सामाजिक सञ्जाल ट्विटरमा ‘करिना बहिष्कार’ अभियान चलेको छ ।
उनीहरुले ट्वीटरमा ‘बाइकट करीना खान’ ह्याशट्याग प्रयोग गर्दै करीनाको विरोध गर्न थालेका छन् । यो ह्याशट्यागको प्रयोग यति धेरै भएको छ कि यो भारतमा नम्बर १ ट्रेन्डिङमा आएको छ । करीनाको यति धेरै विरोध हुनुको कारण अलौकिक देसाइले बनाउन लागेको फिल्म हो जुन फिल्ममा करीनालाई माता सीताको भूमिका दिने चर्चा छ ।
हिन्दु धर्ममा आस्था राख्ने अन्य कोही नायिकालाई लिनुपर्ने उनीहरूको माग रहेको छ । कतिपय प्रयोगकर्ताहरूले भने करिना तैमुर अलि खानको आमा भएकाले पनि उनलाई यो भूमिका दिनु नहुने बताएका छन् । विरोधका लागि विरोध भने झैँ कतिपयले करिनाको चु’रो’ट ता’ने’को चलचित्रका लागि खिचिएको तस्बिर राखेर पनि उनी अयोग्य रहेको बताउँदै आएका छन् ।
चलचित्रको भूमिका र यो विरोधका विषयमा करिना र निर्माण टिमले कुनै प्रतिक्रिया दिएको छैन । तर, ट्विटरमा करिनालाई बहिष्कार गर्नुपर्ने ट्रेन्ड चलेको छ । सामाजिक सञ्जालमा उनलाई अन्फलो गर्ने दर्शक पनि ठुलो सङ्ख्यामा बढेका छन् ।
करीनाको भूमिका फाइनल हुन बाँकी नै भए पनि सामाजिक संजालमा भने दर्शकहरु आ’क्रो’शि’त देखिएका छन् । रिीनालाई सीता बनाउन लागेको विरोधमा सामाजिक संजालमा ठूलो संख्यामा ट्रोलहरु आइरहेका छन् । दर्शकले फिल्म निर्माण टिमले करीनालाई सीता बनाएर आफूहरुको भावनामाथि खेलवाड गर्न नसक्ने बताएका छन् ।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।