पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट १७ जनाको ज्यान गएको छ ।
Advertisement
झापाका एक पुरुष, मोरङका तीन महिला चार पुरुष, सुनसरीका दुई महिला एक पुरुष, धनकुटाका एक पुरुष र प्रदेश १ बाहिरका एक महिला र चार पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ९३ पुगेको छ । जसमध्ये २७ महिला र ८५ पुरुष प्रदेश १ बाहिरका रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८, २०:४०:१२